बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

करेन्ट लागेर दुई जनाको मृत्यु

आइतबार, असार १० २०८०

काठमाडौं – सर्लाहीको गोडैता नगरपालिका–२ भटुलिया बस्ने देव नारायण महतोको छोरा १० वर्षीय आदित्य कुमार महतोको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । छिमेकी रामजी महतोको मोटर जडान भएको धाराबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी (पूर्व) को बिनयी त्रिबेणी गाउँपालिका–७ रानीनगर बस्ने २१ वर्षीया तारा देबी जैसवालको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको बाथरूमबाट कपडा धोएर विजुलीको स्विच अफ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवा रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।