बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कागेश्वरीको स्वीमिङ पुलमा डुबेर एक व्यक्तिको मृत्यु

आइतबार, असार १० २०८०

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर सोही नगरपालिका–६ मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारीको शनिबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल हुँदै सिभिल हस्पिटल बानेश्वरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका दोलखा घर भई सोही ठाउँ बस्ने १९ वर्षीय सुरेन्द्र दाहाललाई सोही अस्पतालमा हुँदै थप उपचारको लागि केएमसी अस्पताल रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।