काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–७ सनसिटी डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका–९ घर भएकी सर्मिला भुजेलको कोठाबाट विभिन्न सुनका गहना तथा नगद ६० हजार रूपैयाँ गरी करिब ५ लाख १ हजार रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।