काठमाडौं – अविरल वर्षाको कारण शनिबार राति पहिरो जाँदा कास्की, रोल्पा, डडेल्धुरा, म्याग्दी र बैतडी गरी पाँच ठाउँमा सडक अवरोध भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बाग्लुङ सडक खण्ड, रोल्पा त्रिवेणी गाउँपालिका–२ कण्ठमालीस्थित सडक, डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ सेल्तडास्थित केआई सिंह राजमार्ग, म्याग्दी अन्नपूर्ण गाउँपालिका–२ नैनिबगरस्थित बेनी जोमसोम सडक खण्ड र बैतडी सिगास गाउँपालिका–९ जयपृथ्बी राजमार्ग अन्तर्गत बझाङ–खोड्पे सडक खण्ड पहिरोको कारण पूर्णरूपमा अवरोध भएको हो ।
पहिरो गएका सबै स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ ।