काठमाडौं – अघिल्लो दिन घटेको नेप्से आज बिहिबार भने सामान्य अंकले बढेको छ । नेप्से आज चार दशमलव ७५ अंकले बढेर दुई हजार ५५ दशमलव ५३ अंकमा चढेको छ भने सेन्सिटिभ शुन्य दशमलव ३० अंकले घटेर तीन सय ८५ दशमलव ८१ अंकमा खुम्चिएको छ । दुई सय ७६ वटा कम्पनीहरुको ५६ हजार पाँच सय ५६ पटकको कारोबारमा ८० लाख आठ हजार दुई सय ४६ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार पाँच सय एक रुपैंयाँ कायम हुन पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार नौं वटा समुहले गुमाएकाछन् भने चार वटा समुहले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ९४ अंकले घटेर १२ सय सात दशमलव ११ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४० दशमलव ७५ अंकले घटेर २५ सय छ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र टे«डिङ समुहहरुको सुुचक पनि उच्च अंकले घटेका छन् । जीवन बीमा समुहको सुचक भने आज तीन सय ५९ दशमलव २२ अंकले बढेर ११ हजार चार सय ३९ दशमलव ७९ अंकमा पुगेको छ भने निर्जीवन बीमा, होटल तथा पर्यटन र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तारागाउँ रिजेन्सी होटल परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड १ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सोल्टी होटल लिमिटेड परेको छ ।