शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

झण्डै तीन अंकले घट्यो नेप्से : कमाउने भन्दा गुमाउने समुह धेरै

सोमबार, असार ४ २०८०

काठमाडौं – नेप्से घटेको छ । अघिल्लो दिन यच्च अंकले बढेको नेप्से आज सोमबार भने दुई दशमलव ९४ अंकले घटेर दुई हजार ९१ दशमलव ३९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स एक दशमलव ८२ अंकले बढेर तीन सय ९२ दशमलव ३८ अंकमा पुगेको छ । दुई सय ७६ वटा कम्पनीहरुको ६९ हजार एक सय ६८ पटकको कारोबारमा एक करोड २९ लाख ७५ हजार एक सय ६८ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब ७४ करोड छ लाख आठ हजार आठ सय ८० रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा आठ वटा समुहको सुचक घटेका छन भने बाँकी समुहहरुको सुचक बढेमा छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ३२ अंकले घटेर १२ सय २४ दशमलव ६१ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुुचक पनि एक सय ९३ दशमलव ८० अंकले घटेर ११ हजार तीन सय ८१ दशमलव ९४ अंकमा पुगेको छ । यसैगरी जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

बिकास बैंक समुहको सुचक भने एक सय ३१ दशमलव ३७ अंकले बढेर तीन हजार आठ सय ९२ दशमलव ५४ अंकमा पुगेको छ भने फाईनान्स, लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सेन्ट्रल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ ।