काठमाडौं – साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ४० दशमलव ४८ अंकले बढेर १९ सय ८० दशमलव शुन्य नौ अंकमा पुगेको पुगेको छ भने सेन्सिटिभ छ दशमलव १० प्रतिशतले बढेर तीन सय ७० दशमलव ५२ अंकमा चढेको छ । दुई सय ७५ वटा कम्पनीहरुको ६१ हजार चार सय ५० पटकको कारोबारमा ९५ लाख २८ हजार दुई सय ५५ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार पाँच सय ६३ रुपैंयाँ ९१ पैसा पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार हुँदा १३ वटै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ८९ अंकले बढेर १२ सय १२ दशमलव ४४ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ५६ दशमलव शुन्य चार अंकले बढेर २५ सय २७ दशमलव ४२ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ८७ दशमलव ९० अंकले बढेर १० हजार एक सय २६ दशमलव ५६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुुहको सुचक पनि एक सय ६५ दशमलव २२ अंकले बढेर १० हजार तीन सय ९९ दशमलव ३५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई व्यालेन्स फण्ड–१ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नागरिक लगानी कोष परेको छ ।