शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सात अंकले बढ्यो नेप्से : चार वटा समुहले गुमाउँदा नौं वटा समुहले कमाए

बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज पुन सात दशमलव २७ अंकले बढेर १९ सय ३९ दशमलव ६१ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव शुन्य पाँच अंकले घटेर तीन सय ६४ दशमलव ४२ अंकमा झरेको छ । दुई सय ७३ वटा कम्पनीहरुको ४३ हजार एक सय २८ पटकको कारोबारमा ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौं सय ३१ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहहरुको कारोबार हुँदा चार वटा समुहले गुमाएपनि नौं वटा समुहले भने कमाएका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव १४ अंकले घटेर १२ सय तीन दशमलव ५६ अंकमा पुगेको छ भने जलबिद्युत, होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने ३१ दशमलव ९८ अंकले बढेर ३५ सय ५४ दशमलव २६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ४५ दशमलव ७७ अंकले बढेर नौं हजार नौं सय ३८ दशमलव ६६ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि पाँच सय दुई दशमलव ११ अंकले बढेर १० हजार दुई सय ३४ दशमलव ११ अंकमा पुगेकोमा फाईनान्स, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा दोल्ती पावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिभरफल्स पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।