बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा हरियाली : सुचक तथा कारोबार रकम दुबै बढे

मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौं – नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार २५ दशमलव ६६ अंकले बढेर १९ सय २७ दशमलव ६५ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव ८७ अंकले बढेर तीन सय ६५ दशमलव शुन्य नौं अंकमा पुगेको छ । दुई सय ६९ वटा कम्पनीहरुको ३६ हजार एक सय १८ वटा कम्पनीहरुको ५५ लाख ४१ हजार आठ सय ७८ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब ९८ करोड १० लाख १२ हजार सात सय एक रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्सेमा हरियाली छाएको छ । आज बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ८० अंकले बढेर १२ सय नौं दशमलव ३१ अंकमा पुगेको छभने जलबिद्युत समुहको सुचक पनि ७५ दशमलव ७५ अंंकले बढेर २४ सय ७९ दशमलव तीन अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ५६ दशमलव ९४ अंकले बढेर नौं हजार सात सय ९६ दशमलव ८५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि चार सय ३१ दशमलव ६९ अंकले बढेर नौं हजार सात सय ४४ दशमलव २२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा न्यादी ग्रुप पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सेञ्चुरी डिबेञ्चर २०८८ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड पहिलो स्थानमा परेको छ ।