शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमाले-रास्वपा र राप्रपा एकजुट

नागरिकता विधेयक प्रमाणीकरण र भारतसँग भूमि साट्ने काम गरेको विरोधमा संसद बैठक अवरुद्ध

आइतबार, जेष्ठ २१ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साट्ने काम गरेको विरोधमा आईतबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।

बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ता भित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिए ।

रास्वपा र राप्रपाले संसद छलेर गरिएको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन् ।

यसअघि राप्रपाले प्रतिनिधिसभा बैठकको नियमति कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको थियो ।

राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेकय प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमति रुपमा संसद बैठक अघि नबढ्ने भन्दै निर्धरित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव समेत गरेको थियो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेस गरेका हुन् ।