५३ अंकले घट्दा दुई अर्ब ३४ करोडको सेयर कारोबार
काठमाडौं – नेप्से उच्च अंकले घटेको छ । आगामी आर्थिक बर्षको बजेट घोषणापछि सेयर बजार बढ्ने अपेक्षा गरिएपनि बजेटलार्ई लगानीकर्ताहरुले पत्याउन नसक्दा नेप्से उच्च अंकले घटेको छ । सो अनुसार आज मंगलबार नेप्से ५३ दशमलव १६ अंकले घटेर १८ सय ८८ दशमलव ६१ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि आठ दशमलव ७२ अंकले घटेर तीन सय ६० दशमलव ७१ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ४० हजार छ सय ३४ पटकको कारोबारमा ७० लाख ७४ हजार दुई सय ५५ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ३४ करोड १७ लाख ७७ हजार आठ सय ४४ रुपैंयाँ पुगेको छ । आज १३ वटा समुहहरुको कारोबार हुँदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से राताम्मै देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३० दशमलव दुई अंकले घटेर १२ सय ११ दशमलव तीन अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६५ दशमलव ९४ अंकले घटेर २३ सय ५३ दशमलव ३७ अंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुचक पनि तीन सय ४६ दशमलव ९६ अंकले घटेर नौं हजार पाँच सय ६५ दशमलव १७ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुुचक पनि दुई सय ९१ दशमलव ८८ अंकले घटेर नौं हजार १५ दशमलव ४६ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि उच्च अंकले घटेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वेत गंंगा हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।