बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

रेशम चौधरी रिहा, विजेता शैलीमा भब्य स्वागत

सोमबार, जेष्ठ १५ २०८०

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज रिहा छन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि बितेका ६ बर्ष देखी डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भए पछि सो पार्टीले उनको स्वागतका लागि नेता तथा कार्यकर्तालाई डिल्लीबजार कारागर परिसरमा आउन निर्देशन दिएकाे थियाे । चौधरीको स्वागतमा बिहानैदेखि कारागार परिसरमा भिड लागेको थियो । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।

उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए ।

टिकापुर नरसंहारमादोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो । न्यायधिसद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३ औं दिनमा चौधरीलाई आममाफी दिईएको हो ।

२०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योगतर्फ १५ नम्बर बमोजिम ५ वर्ष कैद सजाय सुनाएको थियो । २०७७ पुस २ मा उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसाला सुनाए पछि उनी रिहा हुन सकेका थिएनन ।

उता उच्च अदालतको सो फैसलालाई पनि सर्वोच्च अदालतले सदर गरेपछि उनी काननुतः २०९४ सालसम्म जेल सजायँमा बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय पछि उनी १४ बर्ष अघि नै जेलमुक्त हुन लागेका हुन् ।

२०७४ फागुनमा पक्राउ परेका उनी माथी टिकापुर नरसंहारमा एक बालकसहित ९ जना सुरक्षाकर्मीको बिभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ ।