शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से घट्यो : कारोबार रकम भने बढेर दुई अर्ब ६३ करोड रुपैंयाँ नाघ्यो

आइतबार, जेष्ठ १४ २०८०

काठमाडौं – नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १७ दशमलव ३८ अंकले घटेर १९ सय ४१ दशमलव ७४ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ९० अंकले घटेर तीन सय ६९ दशमलव ४२ अंकमा पुगेको छ । आज दुई सय ७० वटा कम्पनीहरुको ४७ हजार छ सय ७४ पटकको कारोबारमा ७० लाख ५० हजार ३९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहहरुको कारोबार हुँदा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहहरुको सुचक झिनो अंकले बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन्् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ४६ अंंकले घटेर १२ स ४० दशमलव ९० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि नौं दशमलव २५ अंकले घटेर २४ सय १९ दशमलव ३३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ९० दशमलव ६२ अंकले घटेर नौं हजार नौं सय १२ दशमलव १५ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ५३ दशमलव ३५ अंकले घटेर नौ हजार तीन सय पाँच दशमलव ११ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि आज घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिलिभर नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।