काठमाडौं – साताको चौंथो कारोबार दिन आज बुधबार पनि नेप्से बढेको छ । नेप्से आज १६ दशमलव ४९ अंकले बढेर १९ सय ५९ दशमलव १२ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि तीन दशमलव ५८ अंकले बढेर तीन सय ७१ दशमलव ३१ अंकमा चढेको छ । दुई सय ७० वटा कम्पनीहरुको ३४ हजार आठ सय ४१ पटकको कारोबारमा ४८ लाख ६५ हजार चार सय ७५ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा तीन वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव १५ अंकले बढेर १२ सय ४६ दशमलव २६ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक शुन्य दशमलव ३० अंकले बढेर तीन हजार पाँच सय ९३ दशमलव शुन्य दुई अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय २० दशमलव २० अंकले बढेर १० हजार एक सय दुई दशमलव ७८ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय २१ दशमलव ४५ अंकले बढेर नौं हजार पाँच सय ५८ दशमलव ४६ अंकमा चढेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि आज बढेका छन् । फाईनान्स, जलबिद्युत र सामुहिक लगानी कोष समुहको सुचक भने आज घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमा इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।