काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी, नेपालबाट डा. वीरेन्द्र प्रसाद महतोलाई वन तथा वातावरणमन्त्री नियुक्त गरेका छन् ।
यस्तै, प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
नवनियुक्त मन्त्रीहरुको सपथ आजै हुने भनिएको छ । सिरहा–४ बाट निर्वाचित डा. महतोले अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । डा. महतो गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत हुन् । डा.महतो नेपालका एक सफल उद्यमी पनि हुन् ।
डा. महतो एक उद्यमी र सामाजिक कार्यकर्ता हुन् । उनले बेलारुस राज्य अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।