शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एकैदिन ५१ अंकले बढ्यो नेप्से

मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौं – नेप्से उच्च अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से एकै दिन ५१ दशमलव ३१ अंकले बढेर १९ सय ४२ दशमलव ४३ पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ८५ अंकले बढेर तीन सय ६७ दशमलव ७४ अंकमा चढेको छ । दुई सय ७१ वटा कम्पनीहरुको ३८ हजार सात सय ९६ पटकको कारोबारमा ६० लाख ६७ हजार चार सय ३२ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब २० करोड २३ हजार नौं सय ४५ रुपैंयाँ रुपैंयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दशमलव १० अंकले बढेर १२ सय ४३ दशमलव ९४ अंकमा पुगेको छ भनचे जलबिद्युत समुहको सुचक पनि ६४ दशमलव ८४ अंकले बढेर २४ सय ३६ दशमलव नौं अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ६५ दशमलव ३४ अंकले बढेर नौ हजार नौ सय ८२ दशमलव ५७ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ५५ दशमलव २१ अंकले बढेर नौं हजार चार सय ३७ दशमलव शुन्य दुई अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज फष्र्ट म्युचअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।