बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गृहमन्त्री नारायणकाजी श्रेष्ठ

नक्कली शरणार्थी प्रकरणलाई प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ

बुधबार, जेष्ठ ३ २०८०

काठमाडौँ – गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा टुङ्गोमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

आज (बुधबार) मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का नेताहरूले शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्रीले दोषीलाई कारबाही हुने बताएका हुन् । उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पति आर्जन गर्ने कुरा संगठित अपराध भएको बताए । यस अपराधमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।

‘नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पति आर्जन गर्ने जुन प्रक्रिया देखिएको छ, यसमा कडा कारबाही गर्ने तहमा हामी छौँ’, उनले भने । उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने पनि बताए ।