बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भन्सार छलि भारत लैजान खोजिएको सामान सशस्त्रले समायो

बुधबार, जेष्ठ ३ २०८०

काठमाडौँ – सशस्त्र प्रहरी बलले इलामबाट ठूलो परिमाणमा नेपालबाट भन्सार छलि अवैध रुपले भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ । इलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित मानेभन्ज्याङ्ग सीमा इलाकाबाट जेठ २ गते सशस्त्र प्रहरीले करीव ९ लाख रुपैयाँ बराबरको विभिन्न सामान कब्जामा लिएको हो ।

नेपालबाट भन्सार छलि अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको ११ कार्टुन चुरोट, थानको कपडा १४ थान र ३५ कार्टुन चाउचाउ सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर (बीओपी पशुपतिनगर) ले बरामद गरेको हो । सशस्त्र प्रहरीलाई देख्नासाथै सामान छाडी व्यक्ति भने फरार भएका थिए ।

बरामद सामान आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको छ ।