शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से बढ्यो, कारोबार रकम भने घट्यो

मंगलबार, जेष्ठ २ २०८०

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । नेप्से आज तीन दशमलव २९ अंकले बढेर १८ सय २१ दशमलव ६० अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दशमलव शुन्य एक अंकले घटेर तीन सय ४९ अंकमा पुगेको छ । दुई सय ६९ वटा कम्पनीहरुको १८ हजार आठ सय ८९ पटकको कारोबारमा २० लाख ६३ हजार सात सय ३७ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम ६४ करोड एक लाख १७ हजार दुई सय ६० रुपैंयाँ कायम भएको छ ।

आज १३ वटा समुहहरुको कारोबार हुँदा बाँणिज्य बैंक समुहको सुचक एक दशमलव शुन्य छ अंकले घटेर १२ सय दशमलव ७३ अंकमा झरेको छ भने अन्य समुहको सुचक पनि घटेको छ । यि बाहेक बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक भने एकम दशमलव ५७ अंकले बढेर तीन हजार तीन सय ६५ दशमलव ३८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ६९ अंकले बढेर २२ सय ४८ दशमलव २६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १३ दशमलव ८१ अंकले घटेर नौं हजार दुई सय तीन दशमलव ५६ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ८२ दशमलव ७० अंकले बढेर आठ हजार चार सय ४३ दशमलव शुन्य आठ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माईखोला हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।