काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रौतहट गजुरा नगरपालिका–२ घर भई भक्तपुर मध्यपुरठिमी नगरपालिका–१ बस्ने ३२ वर्षीय उत्तरमान गोलेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ मंसिर १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ लाख ६० हजार रूपैयाँ जरिवाना र २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।