बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै

सोमबार, जेष्ठ १ २०८०

काठमाडौं । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईदैछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो साँझ बुढानिलकण्ठस्थित आफन्तको निवासबाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

शनिवार साँझ पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लैजान लागिएको हो ।

पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझी ११औँ दिन आइतबार काठमाडौंको बुढानीलकण्ठबाट समातिएका हुन् ।