बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नक्कली शरणार्थी प्रकरण: मञ्जु खाण भूमिगत, अब अनुसन्धान प्रेम राईतिर पनि सोझिने ?

शुक्रबार, बैशाख २९ २०८०

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरण कतिसम्म तन्किने हो ? भन्न सकिने अवस्था छैन। सत्तारुढ दलकै नेता नेपाली काग्रेस सभापति शेर बहादुर देउवाकै निकट मित्र पूर्व गृह मन्त्री बालकृष्ण खाण नै यो प्रकरणमा पक्राउ परेपछि अब अनुसन्धानको डोरो कहाँसम्म पुगेर, कति आशंकित हाइप्रोफ़ाइलको कन्तबिजोग हुने हो ? भन्न सकिने अवस्था छैन।

वामपन्थी नेता तथा गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरको साहसिक कार्यले अहिले राष्ट्रिय/ अन्तरास्ट्रिय क्षेत्रमा समेत चर्चा पाइरहेकाे छ ।

पूर्व गृह मन्त्री बालकृष्ण खाण पक्राउ परेपछि खाणकी कान्छी तथा नेपाली कांग्रेसकी सांसद श्रीमती मञ्जु खाण भूमिगत भएकाे सुरक्षा स्रोत बताउछ । स्रोतका अनुसार, अबको अनुसन्धान पूर्व गृह सचिव तथा वर्तमान अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रमुख आयुक्त प्रेम कुमार राईतिर सोझिने भएको छ। प्रेम कुमार राई २०७४ चैत २६ गतेदेखि २०७६ माघ २० गतेसम्म गृह सचिव रहेका थिए।

अख्तियार दुरुपयाेग अनुसन्धानका प्रमुख आयुक्त प्रेम कुमार राईकाे राजीनामा आउने चर्चा पनि सुरु भएकाे छ । साँघु साप्ताहिकबाट