काठमाडौं – कैलाली जिल्लाको टिकापुर नगरपालिका ८ स्थित खक्रौला सीमा ईलाकाबाट बैशाख २७ गते सशस्त्र प्रहरीले करिव २ लाख ४४ हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक्स सामानसहित एउटा भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
यूपी ३१ यूडी ७७१० नम्बरको भारतीय मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खक्रौला (विओपी खक्रौला ) ले नियन्त्रणमा लिएको हो ।
बरामद सामान र मोटरसाईकल आवश्यक कारबाहीको लागि सत्ति भन्सार कार्यालय खक्रौलामा बुझाइएको छ ।