शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा पुन गिरावट : सुचक तथा कारोबार रकम दुबै घटे

बुधबार, बैशाख २७ २०८०

काठमाडौं – नेप्से पुन घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार दुई दशमलव ४३ अंकले घटेर १८ सय ४१ दशमलव ९३ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ४५ अंकले घटेर तीन सय ५३ दशमलव ८० अंकमा पुगेको छ । दुई सय ६५ वटा कम्पनीहरुको १६ हजार एक सय पटकको कारोबारमा १९ लाख ४२ हजार छ सय २६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५८ करोड ९१ लाख ७७ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा पाँच वटा समुहले कमाएका छन् भने आठ वटा समुहले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ६३ अंकले घटेर १२ सय १३ दशमलव ५५ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक नौं दशमलव २० अंकले घटेर नौ हजार दुई सय ३६ अंकमा पुगेको छ । बिकास बैंक, लगानी, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि उच्च अंकले घटेका छन् । जलबिद्युत समुहको सुचक भने दुई दशमलव १२ अंकले बढेर २२ सय ९८ दशमलव ८७ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ३० दशमलव ८३ अंकले बढेर आठ हजार चार सय ८० दशमलव ४८ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनसीसी बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमाल दोलखा हाईड्रो पावर कम्पनी नैं पहिलो स्थानमा परेको छ ।