बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजेन्द्र लिङ्देन

नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस्

बुधबार, बैशाख २७ २०८०

काठमाडौँ – राष्ट्रिय प्रजातनत्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भटानी शरणार्थी प्रकरणबारे संसदमा जनाकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको आज(बुधबार) बसेको बैठकको सुन्य समयमा बोल्दै अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउनुपर्ने भन्दै सरकारको नाममा रुलिङ जारी गर्न माग गरेका हुन् ।

लिङदेनले शीर्ष नेताहरू भेट्दा समेत जनतामा कारबाही कमजोर बनाउन भएको हो कि भन्ने शंका बढेको बताएका छन् । ‘यसमा कति प्रगति भएको छ, कारबाही प्रक्रिया कहाँ पुग्यो संसद्लाई जानकारी गराउन माग गर्छु । सरकारले प्रतिवद्धता व्यक्त गर्नुपर्‍यो र प्रगति कति भयो यहाँ जानकारी गराउनु पर्छ’, उनले भने, ‘यसमा सभामुखबाट रूलिङ होस् ।’

सांसद लिङ्देनले देशको गरिमा अन्तर्राष्ट्रियस्तरसम्म झुकेको भन्दै दोषीलाई उन्मुक्ति दिने र कमजोर बनाउने काम नगर्न अनुरोध गरे । तर पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेको भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरेका छन् ।