बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बालकृष्ण खाण पक्राउ परेपछि रविले दिए प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीलाई धन्यवाद

बुधबार, बैशाख २७ २०८०

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन् ।

खाण पक्राउ परेको समाचार बाहिरिएलगत्तै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पास्ट गर्दै प्रधानमन्त्री, गृहमन्त्रीका साथै नेपाल प्रहरीलाई पनि धन्यवाद दिएका छन् ।

उनी लेखेका छन्, धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।

https://www.facebook.com/rabi.nikitalamichhane/posts/3404974386381376