मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

उपमेयर सुनिता डंगोलले चीनमा प्रस्तुतीकरण दिँदै

बुधबार, बैशाख २७ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चीनमा आज आफ्नो प्रस्तुतिकरण गर्दैछिन् ।

चीनको छाङ्सा सहरमा मंगलबारवाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फवाट उपमेयर डंगोलले आफनो प्रस्तुतिकरण दिन लागेकी हुन् ।

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलवार चीन प्रस्थान गरेकी उपमेयर डंगोलले आज काठमाडौंको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफ्नो प्रस्तुतीकरण दिने छिन् ।

‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा सो प्रस्तुतीकरण हुने महानगरपालिकाले जनाएको छ ।