काठमाडौं – तीन वटा जीवन बीमा कम्पनीहरुले मर्जर कार्य सम्पन्न गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर कार्य सम्पन्न गरेका हुन । यि कम्पनीहरुको हिमालयन लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको नाउँबाट मंगलबार देखि एकीकृत कारोबार सुरु गरेका हुन् ।
मर्जरको लागि तीन वटै कम्पनीहरुबिच १ः१ः१ को अनुपातमा स्वा्प रेसियो कायम भएको थियो । मर्जर पश्चात बनेको हिमालयन लाइफ इन्स्योरेसको चुक्ता पूँजी सात अर्ब ७२ करोड ३१ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजीको आधारमा यो कम्पनी अब नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पछिको दोस्रो ठुलो बीमा कम्पनी बन्न सफल भएको छ ।
एकिकृत कारोबार सञ्चालनको लागि यि तीन वटै कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले बैशाख १३ गते अनुमती दिएको थियो भने नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते अनुमती दिएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले भने यि कम्पनीहरुलाई एकीकृत कारोबारको लािग बैशाख २० गते अन्तिम स्वीकृत प्रदान गरेको थियो ।