बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विभिन्न धनमाल चोरी

मंगलबार, बैशाख २६ २०८०

काठमाडौं – काठमाडौं महानगरपालिका–४ प्रगती टोल डेरा गरी बस्ने दाङ दंगीशरण गाउँपालिका–४ घर भएका सन्दिज शर्माको कोठाबाट करिब ३ लाख २ हजार रूपैयाँ बराबरका सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालिका–१ बोसन बस्ने राम कुमार नगरकोटीको घरबाट करिब ६ लाख ९५ हजार रूपैयाँ बराबरका सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–४ घर भएका ३७ वर्षीय कुबेर प्रसाद सुबेदीको कोठाबाट करिब ४ लाख ३४ हजार २ सय रूपैयाँ बराबरका सुन तथा चाँदीका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।