बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मंगलबार, बैशाख २६ २०८०

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।