बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से पुन घटेर राताम्मै

सोमबार, बैशाख २५ २०८०

काठमाडौं – अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पनि घटेर राताम्मै भएको छ । नेप्से आज १६ दशमलव ९३ अंकले घटेर १८ सय ३३ दशमलव ६९ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ४१ अंकले घटेर तीन सय ५२ दशमलव ३७ अंकमा पुगेको छ । दुई सय ७० वटा कम्पनीहरुको २५ हजार पाँच सय ८८ पटकको कारोबारमा २८ लाख १० हजार छ सय २७ कित्ता सेयर किनबेच हुँदा कारोबार ८२ करोड ४२ लाख १७ हजार एक रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै सुचकहरु घटेर रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ५० अंकले घटेर १२ सय १२ दशमलव ५९ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ४३ दशमलव ८० अंकले घटेर २२ सय ७२ दशमलव १७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय २१ दशमलव ४९ अंकले घटेर नौं हजार एक सय ७० दशमलव ९९ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय छ दशमलव ९४ अंकले घटेर आठ हजार चार सय २९ दशमलव चार अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी कोष, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेर रातै भएका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इष्र्टन हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।