काठमाडौँ – नेपाल राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैंयाँ भन्दा बढीको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । भोलि सोमबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले खरिद गर्न पाउने गरी बोलकबोलको माध्यमद्धारा ३० अर्ब १८ करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । उक्त दिन अपरान्ह तीन बजेसम्म बोलकवोलको माध्यमद्धारा पुरानो नविकरण अन्र्तगत १८ अर्ब १८ करोड र नयाँ १२ अर्ब रुपैंयाँ समेत गरी उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
जारी मिती बैशाख २६ गते तोकिएको कुुल ट्रेजरी बिल मध्ये २८ दिने अवधिको तीन अर्ब रुपैंयाँको ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगतको रहेको छ भने ९१ दिने अवधिको कुल १२ अर्ब १० करोड मध्ये सात अर्ब १० करोड पुरानो नविकरण अन्र्तगत र पाँच अर्ब नयाँ, एक सय ८२ दिने अवधिको कुल नौं अर्ब मध्ये छ अर्ब पुरानो नविकरण अन्र्तगत र बाँकी तीन अर्ब नयाँ र तीन सय ६४ दिने अवधिको कुल छ अर्ब आठ करोड मध्ये दुई अर्ब आठ करोड पुरानो नविकरण अन्र्तगत र बाँकी चार अर्ब नयाँ रहेको राष्ट्र बैंकको भनाई छ । यि ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि क्रमशः २०८० जेठ २३ गते, २०८० साउन २३ गते, २०८० कात्र्तिक २१ गते र २०८१ बैशाख २५ गते रहेको छ । यही बैशाख १७ गते पनि राष्ट्र बैकले २७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।