काठमाडौँ – सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने निर्णय गरेको छ। बसुन्धरास्थित पार्टी कार्यालयमा शुक्रबार अपराह्न बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा सहभागी गराउन जोड गर्दै आएका थिए।
सोही विषयलाई लिएर प्रधानमन्त्री दाहाल र रास्वपा सभापति रवि लामिछानेबीच पटक–पटक छलफलसमेत भएको थियो।
समापति लामिछाने सरकारमा जान इच्छुक रहे पनि पार्टीभित्र प्रतिपक्षमा बस्नुपर्ने मत बलियो बन्दै गएपछि रास्वपा सरकारबाट बाहिरिएको हो।