बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कामना सेवा र मनकामना अस्पतालबिच सम्झौंता

बिहिबार, बैशाख २१ २०८०

काठमाडौं – कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पि.डि. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टि. शुल्क, सि.टि. स्क्यान, आई.सि.यु., लगायत एन.आई.सि.यु., एच.डि.यु.÷नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २० प्रतिशतसम्मको र बैंकका ग्राहकहरुले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।