शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रास्वपालाई सरकारमा लैजान बालुवाटारमा भेला

बुधबार, बैशाख २० २०८०

काठमाडौँ–सत्ता गठबन्धनका शीर्ष नेताले समसामयिक राजनीतिबारे छलफल गरिरहेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार जारी सत्ता गबठन्धनको बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकारलाई पूर्णता दिने लगायत समसामयिक विषयमा छलफल जारी छ।

आर्थिक वर्षका लागि सरकारले आगामी जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई साविककै मन्त्रालय दिएर सरकारमा ल्याउन पहल गरिरहेकाले बैठकमा यस विषयमा पनि छलफल हुँदैछ।

प्रधानमन्त्रीको सकारात्मक जवाफ पाएको रास्वपाले गठबन्धनको निर्णय पर्खिएको छ। समर्थन गरेर मात्रै नबस्ने भन्दै रास्वपाले आगामी शुक्रबार बैठक बसेर सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे निर्णय गर्ने बताएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै सरकारलाई पूर्णता दिन सकेका छैनन्। कांग्रेसले आफ्नो भागमा परेका तीन मन्त्री र जसपाले पनि एकजनाको नाम दिन बाँकी छ।