शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

झण्डै १० अंकले घट्यो नेप्से

कारोबार रकम ६२ करोड रुपैंयाँमा खुम्चियो

बुधबार, बैशाख २० २०८०

काठमाडौं – नेप्से पुन घटेको छ । अघिल्लो दिन चार अंकले घटेको नेप्से आज बुधबार पुन नौं दशमलव १८ अंकले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अंकमा झरेको छ भने सेन्सिटिभ एक दशमलव १९ अंकले घटेर तीन सय ५५ दशमलव ८३ अंकमा पुगेको छ । आज दुई सय ६५ वटा कम्पनीहरुको १८ हजार आठ सय ७६ पटकको कारोबारमा २१ लाख ५५ हजार पाँच सय ८६ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम ६२ करोड दुई लाख ६६ हजार १६ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा दुई वटा समुहले कमाए भने ११ वटा समुहले गुमाएका छन् । सो मध्ये उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेपनि बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ९८ अंकले घटेर १२ सय २४ दशमलव शुन्य तीन अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक आठ दशमलव एक अंकले घटेर तीन हजार चार सय १४ दशमलव ६२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुुचक पनि २९ दशमलव २३ अंकले घटेर २३ सय ३४ दशमलव ८९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५९ दशमलव ६९ अंकले घटेर नौं हजार दुई सय ८२ दशमलव ३५ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि १४ दशमलव ५९ अंकले घटेर आठ हजार पाँच सय दुई दशमलव ७८ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट परेको छ ।