बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा सामान्य गिरावट

दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

बिहिबार, बैशाख १४ २०८०

काठमाडौं – नेप्से घटेको छ । आज बिहिबार नेप्से दुई दशमलव २७ अंकले घटेर १८ सय ८९ दशमलव ७३ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ४६ अंकले घटेर तीन सय ६१ दशमलव शुन्य नौं अंकमा पुगेको छ । दुई सय ६९ वटा कम्पनीहरुको २१ हजार आठ सय ५१ पटकको कारोबारमा २१ लाख ७४ हजार नौं सय १४ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम ७३ करोड ९६ लाख ५० हजार दुई सय ४७ रुपैंयाँ कायम भएको छ ।

आज १३ वटा समुहहरुको कारोबार हुँदा दुई वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ९८ अंकले बढेर १२ सय ३६ दशमलव ५६ अंकमा पुग्दा होटल तथा पर्यटन समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक भने आज पाँच दशमलव ७० अंकले घटेर तीन हजार चार सय ६३ दशमलव ७० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि छ दशमलव १३ अंकले घटेर २४ सय ३० दशमलव २२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १३ दशमलव १३ अंकले घटेर नौं हजार चार सय २७ दशमलव ३६ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ११ दशमलव शुन्य छ अंकले घटेर आठ हजार पाँच सय ८९ दशमव ९२ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुका सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड–२ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल ग्रोथ फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एभरेष्ट बैंक परेको छ ।