बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से राताम्मै : १३ अंकले घट्दा ८४ करोड ७० लाखको कारोबार

बुधबार, बैशाख १३ २०८०

काठमाडौं – नेप्से घटेर राताम्मै भएको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार १३ दशमलव ६८ अंकले घटेर एक हजार आठ सय ९२ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव ११ अंकले घटेर तीन सय ६१ दशमलव ५५ अंकमा पुगेको छ । आज दुई सय ६४ वटा कम्पनीहरुको २३ हजार चार सय २९ पटकको कारोबारमा २५ लाख ७१ हजार दुई सय दुई कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८४ करोड ७० लाख २८ हजार दुई सय १९ रुपैंयाँ कायम भएको छ ।

१३ वटा समुहहरुको कारोबार भएकोमा आज १३ वटै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ६७ अंकले घटेर १२ सय ३३ दशमलव ५८ अंंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २० दशमलव ५७ अंकले घटेर २४ सय ३६ दशमलव ३६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५६ दशमलव ८२ अंकले घटेर नौ हजार चार सय ४० दशमलव ४८ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ५० दशमलव ९५ अंकले घटेर आठ हजार छ सय दशमलव ९८ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज ब्लुचिप फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।