बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपनिर्वाचन

बारा–२ मा उपेन्द्रको अग्रता कायमै, पछ्याउँदै शिवचन्द्र

एमाले धेरै पछि

मंगलबार, बैशाख १२ २०८०

काठमाडौँ – बारा–२ को उपचुनावमा उपेन्द्र यादवले अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यदवले १८ हजार ४९६ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहले १४ हजार १७४ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेल भने धेरै पछि परेका छन् । उनको पाँच हजार ५९४ हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलको जम्मा दुई हजार १९६ मत छ ।

यहाँ ३४ उमेदवार प्रतिस्पर्धामा छन् ।