सामुहिक लगानी कोष बाहेक सबै समुहको सुचक हरियो
काठमाडौं – नेप्से बढेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज मंगलबार १७ दशमलव ३६ अंकले बढेर १९ सय पाँच दशमलव ६८ अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव २७ अंकले बढेर तीन सय ६३ दशमलव ६५ अंकमा पुगेको छ । दुई सय ६४ वटा कम्पनीहरुको २७ हजार सात सय ६६ पटकको कारोबारमा २७ लाख पाँच सय ७० कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम ८८ करोड ५५ लाख ७८ हजार दुई सय ७० रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव १७ अंकले बढेर १२ सय ४१ दशमलव २४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ५७ दशमलव पाँच अंकले बढेर तीन हजार पाँच सय तीन दशमलव ३३ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि १२ दशमलव शुन्य नौं अंकले बढेर २४ सय ५६ दशमलव ९२ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ५७ दशमलव ३० अंकले बढेर नौं हजार चार सय ९७ दशमलव ३० अंकमा पुगेको छ । निर्जिवन बीमा, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तारागाउँ रिजेन्सी होटल परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज ब्लुचिप फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।