बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चितवन–२ मा रविको अग्रता कायमै, जितनारायण तेस्रो, रामप्रसादको कति आयो मत ?

सोमबार, बैशाख ११ २०८०

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपचुनावमा मतगणना चलिरहेको छ । अहिलेसम्म नौ हजार चार सय ४४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेको अग्रता कायमै छ ।

ताजा मत परिणामअनुसार लामिछानेले चार हजार तीन सय ५८ मतसहित अग्रता लिइरहेका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले दुई हजार पाँच सय ५८ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् । उनीहरूबीच एक हजार सात सय ७३ मतको अन्तर रहेको छ ।

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ लामिछाने भन्दा झण्डै दोब्बर मतले पछि परेका छन् । उनले दुई हजार दुई सय पाँच मत प्राप्त गरेका छन् । श्रेष्ठ लामिछानेभन्दा दुई हजार एक सय ५३ मतले पछि छन् । गत मंसिर ४ गते नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले राम्रो भोट पाएको इच्छाकामना गाउँपालिकामा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन् ।

आइतवार भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ को परिणाम आउँदै गर्दा इच्छाकामनामा पनि लामिछानेले अग्रता लिएका हुन् । नतिजाअनुसार लामिछानेले इच्छाकामनाबाटै एमाले र कांग्रेसका प्रतिस्पर्धीभन्दा १७ सय धेरै मत पाइसकेका छन् ।