काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता फराकिलो पार्दै गएका छन्।
वाग्लेले १८ हजार ४६१ मत पाउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार ८१७ मत पाएका छन्।
एमालेका सर्वेन्द्र खनाल ६ हजार ६७ मतसहित तेस्रो स्थानमा छन्।