बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एन आई सी एशिया लघुवित्तको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

आइतबार, बैशाख १० २०८०

काठमाडौं – एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाले बैशाख १० गते अर्थात आज आईतबार होटल गजुर, गंगालाल मार्ग, भोटेपुल, धरान उप–महानगरपालिका वडा नं. ८, सुनसरीमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ दशमलव ७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार चार सय रुपैंयाँ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थाले स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ । यस आ.व. २०७९/८० को दोस्रो त्रयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल दुई लाख तीन हजार आठ सय ६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ ।