बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनएमबि बैंकको १० औं हेरिटेज वाक कार्यक्रम सम्पन्न

आइतबार, बैशाख ३ २०८०

काठमाडौं –  एनएमबि बैंकले आफ्नो १० औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । शनिबार भएको उक्त वाक कार्यक्रम बबरमहलबाट सुरू भएर पाटन दरबार स्क्वेयरसम्म भएको थियो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रर्वधन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जानकारी दिएको छ । बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरू, नेपाल हस्तकला महासंघका सदस्यहरू, रोटरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरू तथा सर्वसाधारणहरू गरी लगभग ६ सय जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जन उपस्थिती रहेको बैंकको भनाई छ । कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई चार लाख ९० हजार रुपैयाँको सहयोग गरेको थियो। साथै पाटन संग्रहालयलाई डस्टबिनहरू समेत हस्तान्तरण गरेको छ । सोही प्रकारको कार्यक्रम अन्य ६ प्रदेशमा समेत गरिएको बैंकले जनाएको छ । बागमती शाखामा भएको उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले स्वागत मन्तव्य दिएका थिए । बैंकले हाल देशभरी रहेको आफ्नो २०१ शाखाहरू, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।