काठमाडौं । नेकपा एसका ललितपुरका नेताहरू आफ्नो पुरानो पार्टी नेकपा एमालेमै फर्किएका छन् ।
पार्टी कार्यालय च्यासलमा भएको कार्यक्रममा नेताहरूलाई महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एस जिल्ला कमिटी सचिव सुदर्शन मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्कीलगायत ३९ जना छन्।
नेताहरूलाई पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि माओवादीसँग पार्टी एकता गर्दा समेत असफल बनाइएको बताए । उनले एमालेले संविधान नमान्ने भनेर भ्रम फैलाएको बताउँदै संविधान बदल्नै नमिल्ने चिज नभएको समेत बताए। क्रान्तिकारीका लागि संविधान अगाडि बढ्नका लागि सहज हुन्जेल मानिने र सहज भएन भने बदलिन सक्ने उनले बताए । उनको अभिव्यक्ति माओवादी र नेकपा एसका नेता लक्षित थियो ।


