काठमाडौं – नेप्से उच्च अंकले बढेको छ । आज मंगलबार नेप्से २७ दशमलव ३१ अंकले बढेर १८ सय ७१ दशमलव ३३ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव ७९ अंकले बढेर तीन सय ५५ दशमलव ४५ अंकमा पुगेको छ । दुई सय ६२ वटा कम्पनीहरुको ३५ हजार दुुई सय ३७ पटकको कारोबारमा ३३ लाख १५ हजार सात सय २० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९४ करोड ५२ लाख ४९ हजार एक सय ७९ रुपैैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार भएकोमा हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव ७७ अंकले बढेर १२ सय आठ दशमलव ७१ अंकमा पुगेको पुग्दा फाईनान्स समुहको सुचक पनि ३७ दशमलव ४८ अंकले बढेर १५ सय ८१ दशमलव ७८ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ३७ दशमलव ९४ अंकले बढेर २४ सय ५१ दशमलव ९२ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव १० अंकले बढेर नौं हजार दुई सय ९३ दशमलव ५३ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक दर्शन लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने कुमारी धनबृद्धि योजना पहिलो स्थानमा परेको छ ।