काठमाडौं- नेप्सेमा सुधार देखिएको छ । आईतबार उच्च अंकले घटेको नेप्से आज सोमबार भने पाँच दशमलव ५४ अंकले बढेर १९ सय ४४ दशमलव शुन्य दुई अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ८८ अंकले बढेर तीन सय ४९ दशमलव ६६ अंकमा पुगेको छ । दुई सय ६१ वटा कम्पनीहरुको ३५ हजार पाँच सय ४९ पटकको कारोबारमा २९ लाख ६० हजार आठ सय ६३ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार हुँदा फाईनान्स समुहको सुचक घटेर बाँकी १२ वटा समुहहरुको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव १३ अंकले बढेर एक हजार एक सय ९१ दशमलव ९४ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि पाँच दशमलव ९६ अंकले बढेर दुई हजार चार सय १३ दशमलव ९९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १६ दशमलव १६ अंकले बढेर नौं हजार दुई सय सात दशमलव ४३ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ३१ दशमलव शुन्य छ अंकले बढेर आठ हजार तीन सय २२ दशमलव २६ अंकमा पुगेको छ । बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि आज बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा सानिमा मिडिल तमोर हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा पनि पहिलो स्थानमा शिवम सिमेन्ट लिमिटेड परेको छ ।