शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मोदी इनर्जीको आईपीओ बाँडफाँट

आइतबार, चैत्र १९ २०७९

काठमाडौं   । मोदी इनर्जी कम्पनी लिमिटेडले निष्काशन गरिएको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि उक्त आईपीओ फागुन २५ गतेदेखि चैत्र ९ गतेसम्म जारी गरेको थियो ।

कम्पनीका अनुसार तोकिएको समयभित्र रितपूर्वक आवेदनलाई आवेदकहरूमा आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतितश अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।