शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

उपप्रधानमन्त्री खड्काको हाँस्यास्पद जिकिर : मन्त्री पो बन्दिनँ भनेको थिएँ, उपप्रधानमन्त्री होर ?

आइतबार, चैत्र १९ २०७९

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्ती पूर्णबहादुर खड्काले हाँस्यास्पद जिकिर गरेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट नेतृत्व गर्दै गएका उपसभापति खड्काले आफूले कहिल्यै पनि ‘उपप्रधान वा प्रधानमन्त्री बन्दिनँ’ नभनेको स्पष्टीकरण दिए।

शुक्रबार उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हाले खड्काले शनिबार बिहान बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगेर भने, ‘अहिले सामाजिक सञ्जालमा मन्त्री बन्दिनँ भनेर पनि बनेको भन्दै टीकाटिप्पणीबारे जानकार छु । मन्त्री नबन्ने घोषणा गरेको सात वर्षको अन्तरालमा जुन अहिलेको घटनाक्रम आयो, त्यसपछि फेरि मलाई त्यही कुरा सोधियो, मैले त्यही बन्दिनँ भनेँ । अहिले सामाजिक सञ्जालमा आइरहेको छ–मन्त्री खान्नँ भन्नुहुन्थ्यो, मन्त्री बन्दिनँ भन्नुभयो फेरि मन्त्री बन्नुभयो । मैले उपप्रधानमन्त्री बन्दिनँ कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भन्या हो ।’

उपप्रधानमन्त्री जस्तो पदमा पुगेका कांग्रेसको उपसभापति समेत रहेका उनको यो भनाइ हाँस्यास्पद भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

संविधानतः उनको यो जिकिरले गलत पुष्टि गर्छ । संविधानमा उपप्रधानमन्त्री भन्नाले मन्त्री, राज्यमन्त्री भन्ने बुझ्नुपर्ने उल्लेख छ ।

यसअघि नै सार्वजनिक कार्यक्रमहरुमा उनले आफू पटक पटक मन्त्री भएकाले अब फेरि मन्त्री नबन्ने भन्दै आएका थिए ।