बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा पानी पर्ने सम्भावना

शुक्रबार, चैत्र १७ २०७९

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहने छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा साथै तराई भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर सामान्य बदली रहने छ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराईका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।